Skip to main content

Khabar Samachar

Search
Close this search box.

शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

202
VIEWS

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।

संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गरेका हुन् ।

पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ । नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् ।पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भएका छन् । संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित