Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल आमा र समस्त आमाहरुको सेवामा निरन्तर लागि रहनेछु – चन्द्र भण्डारी

234
VIEWS
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले आमाको रिक्तताको परिकल्पनाले आफूलाई अपूरणीय पीडाको अनुभूति भएको बताएका छन्। आज मातातिर्थ औसीको दिन आमालाई सम्झदै सामाजिक सन्जालमा लेखेका छन ।
आमा !
बारीमा मकै खन्दै गर्दा होस् या घाँस काट्दा ढिकमा, खेत र गराका आलीमा मलाई राखेर कखरा , लघुकौमुदी सिकाएको कुरा अहिले पनि ताजै छ।मेरो पढाइको जग नै त्यही हो।तपाईँ मेरो आमा मात्र हैन गुरु पनि हो।मेरी आमा अब यस धरतीमा भौतिक रुपमा हुनुहुन्न भन्ने कुरा अस्पतालको यस शैय्यामा थाहा पाएँ ।आमाको रिक्तताको परिकल्पनाले मलाई अपूरणीय पीडाको अनुभूति भएको छ यसको पुर्णता नेपाल आमा र समस्त आमाहरुको सेवामा निरन्तर लागि रहनेछु।
देहविमुक्त कीर्तिशेष आमालाई अश्रुपुरित श्रद्धाञ्जलि अर्पण गर्दछु।
आमा!
तपाईंले देखाएको सत्मार्गमा निरन्तर हिँड्न सकूँ ,राष्ट्र र समाजको समुन्नतिको चिन्तन गर्न सकूँ । आज मातातीर्थ औंसी
‘ कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’
भावपूर्ण श्रद्धाञ्जलि आमा!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित