Skip to main content

Khabar Samachar

Search
Close this search box.

सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद खातुन जेल चलान

207
VIEWS

सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी पूर्वसांसद गुलेफन खातुन लामो समयदेखि फरार थिइन् ।

प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। साथै उनका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिवानाको फैसला सुनाइएको थियो।

उक्त मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो।

खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित