Khabar Samachar

Search
Close this search box.

भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु कानुनको दायरामा आउनुपर्छ : कांग्रेस प्रवक्ता

204
VIEWS
नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

‘यस्तो जघन्य अपराध भयो भन्ने खबर आइरहेको छ। यो अमानवीय र आपराधिक काम हो। को-को संलग्न छन्, कसरी संलग्न भएका छन् त्यो त अनुसन्धानबाट बाहिर आउला,’ उनले भने, ‘तर हामी चाहन्छौं कि, जो-जो आपराधिक क्रियाकलापमा संलग्न छन्। उनीहरू सजायको दायरामा आउनुपर्छ र आउँछन्।’

यो प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन रहेकोबारे अर्थमन्त्रीसमेत रहेका महतलाई पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘गैरकानूनी क्रियाकलापलाई कहीँकतै पनि राज्य संयन्त्रले संरक्षण गर्न सक्दैन, कल्पना पनि गर्न सकिँदैन।’

यो प्रकरणमा अनुसन्धान कांग्रेसतिर पनि सोझिएका खण्डमा के हुन्छ भन्ने अर्को प्रश्नमा महतले भने, ‘जसले गलत काम गरेको छ, गलत कामको पर्दाफास हुनुपर्छ। त्यसमा यो ऊ भन्ने कुरा नै छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित