काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।
महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो।
‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं,’ उनले भने, ‘कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं।’
यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।
Discussion about this post