Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलकाे सेमिफाइनलमा

211
VIEWS

नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले बंगलादेशलाई २५-१०, २५-८ र २५-९ ले हराएको हो । जितसँगै समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूहचरणबाट बाहिरिएका छन् ।

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रतियोगिता अन्तर्गत नै मंगलबार भारत र काजकिस्तानले जित निकालेका छन् । मंगलबारको पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । दोस्रो खेलमा किर्गिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित