Skip to main content

Khabar Samachar

Search
Close this search box.

रेशमलाई आममाफीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा

218
VIEWS

टीकापुर घटनामा जन्मकैदको सजाय ठहर भएका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन सरकारले आम माफी दिन लागेपछि उक्त घटनामा पीडित भएको परिवार सर्वोच्च पुगेको छ।

पीडितमध्येकी एक प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोराले आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेकी छन्। उनको रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेपछि उनले उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेकी हुन्। यसअघि उनले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्।

उनले आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान लिनेगरी भएको टीकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना भएको भन्दै माफी दिने नमिल्ने जिकिर गरेकी छन्।

उनले सरकारले निर्माण गरेको माफी मिनाहसम्बन्धी कार्यविधिमा पनि माफी दिन नमिल्ने मुद्दाको रुपमा राखेकाले यसलाई माफी नदिनु भनि अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। सरकारले सोमबार चौधरीलाई माफी दिँदै छ। सोमबार सार्वजनिक बिदा भएकाले मंगलबारमात्र रिट दर्ता वा दरपिठसम्बन्धी निर्णय हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित