मुत्ररोग विशेषज्ञ चिकित्सकहरुकोे संस्था ‘नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्स’को नयाँ कार्यसमिति चयन भएको छ ।
दुई वर्षे कार्यकालका लागि डा. महेश बहादुर अधिकारीको नेतृत्वमा नयाँ समिति बनेको छ । संस्थाको उपाध्यक्षमा डा. पवनराज चालिसे, महासचिवमा डा. भोजराज लुइँटेल र कोषाध्यक्षमा डा. अरविन्दकुमार शाह चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यमा डा. अमितकुमार शाह, डा. विपेन्द्र राई, डा. घनश्याम सिग्देल, डा. मनिषमान प्रधान र डा. जुविन सिलवाल छनोट भएका छन् ।
युरोलोजी डाक्टरहरुको संस्था २०६२ सालमा स्थापना भएको थियो । संस्थामा १५० भन्दा बढी संगठित सदस्य रहेको नवनिर्वाचित महासचिव लुइँटेलले जानकारी दिए ।मुत्ररोग रोग विशेषज्ञहरुको क्षमता वृद्धि गर्ने, पेशागत एकता कायम गर्ने, शैक्षिक गतिविधि सञ्चालन गर्ने, नागरिकमा जनचेतना अभिवृद्धि गर्ने लगायतका संस्थाको उद्देश्य रहेको महासचिव लुइँटेलले बताए ।































Discussion about this post