Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वराजारानीद्वारा प्रचण्ड पत्नी सीताको निधनमा शोक व्यक्त

212
VIEWS

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन्।

सीता दाहालको बुधबार नर्भिक अस्पतालका उपचारका क्रममा निधन भएको हो।

पूर्वराजारानीका तर्फबाट प्रमुख सचिव पशुपतिभक्त महर्जनले कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय पुगेर सीता दाहालप्रति समवेदना व्यक्त गरेका हुन्।

उनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको समवेदना सुनाएका थिए।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रधानमन्त्री दाहाल भने सिंहदरबार गएकाले महर्जनको उनीसँग भेट हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित