Skip to main content

Khabar Samachar

Search
Close this search box.

चीनमा गृहमन्त्री श्रेष्ठको अपरेसन, अवस्था ‘खतरामुक्त’

207
VIEWS

चीनमा भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् ।उनलाई हृदयाघात भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराइन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले गृहमन्त्री श्रेष्ठको अपरेसन गरिएको र बोल्न सक्ने अवस्थामा रहेको बताइन् ।“गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गए राति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,” सञ्चारमन्त्री शर्माले भनिन्, “उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनुहुनेछ । बोल्न सक्ने स्थितिमा आउनुभएको छ ।”
गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार उनको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टेन राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित