Skip to main content

Khabar Samachar

Search
Close this search box.

आजदेखि यू- १९ विश्वकप क्रिकेट

203
VIEWS

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।यो एकदिवसीय विश्वकप दक्षिण अफ्रिकाका विभिन्न ५ स्थानमा खेलाइने छ। फाइनल खेल ११ फेब्रुअरीमा विलोमुर पार्कमा हुनेछ। प्रतियोगितामा कुल ४१ खेल हुनेछन्। यो विश्वकपको १५ औं सिजन हो। सुरुमा प्रतियोगिता श्रीलंकामा हुने भनिए पनि आइसिसीले श्रीलंकन क्रिकेट बोर्डलाई नोभेम्बरमा प्रतिबन्ध लगाएका कारण श्रीलंकाबाट आयोजकको अधिकार खोसेर दक्षिण अफ्रिकालाई दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित