Skip to main content

Khabar Samachar

Search
Close this search box.

मन्त्रिपरिषद् फेरबदल गर्ने तयारी,देउवाले गरे कांग्रेसका मन्त्रीहरुसँग छलफल

204
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग छलफल गरेका छन् ।

देउवाले पार्टीका तर्फबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरूलाई निवास बुढानीलकण्ठ बोलाएर छलफल गरेका छन्।

सभापति देउवाले मन्त्रीहरूसँग समसामयिक राजनीति, संक्रमणकालीन न्यायसम्बन्धी विषय, रास्ट्रिय सभा अध्यक्षको चुनाव र मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा छलफल गरेका हुन्।

सभापति देउवाले आइतबार अपराह्न ३ बजेदेखि पौने ७ बजेसम्म मन्त्रीहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्न चाहेको देउवाले ब्रिफिङ गरेका थिए।

सभापति देउवाले प्रधानमन्त्रीको दबाबका कारण मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने र त्यसका लागि तयार रहन पनि आग्रह गरेका थिए।

‘यो गठबन्धन सरकार हो, मेरो मात्रै होइन, प्रधानमन्त्रीजीको पनि मन जित्ने गरी काम गर्नुहोस्,’ सभापति देउवाको भनाइ थियो।

कांग्रेसबाट मन्त्री भएका ९ जनामध्ये युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बूढानीलकण्ठ गएका थिएनन्। छलफलमा खेलकुदमन्त्री डिगबहादुर लिम्बु भने अनुपस्थित थिए ।

मन्त्रीहरूसँग सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखकले छलफल गरेको स्रोतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित