Skip to main content

Khabar Samachar

Search
Close this search box.

फिक्सिङकाे अभियाेग लागेका क्रिकेटरद्वय आदिल अन्सारी र महबुब आलमलाई सफाइ

205
VIEWS

 

स्पट फिक्सिङको अभियोग लागेका दुईजना क्रिकेटरसहित पाँचजनालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सोमबार सफाइ दिएको हो।

पाँचैजनाविरुद्ध गरिएको स्पट फिक्सिङको दाबी नपुग्ने ठहरहसित अदालतले उनीहरूलाई सफाइ दिएको छ। अदालतले अन्तिम फैसलामा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो। नवीन कँडेल र रवि माझी फरार थिए।

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी-२० लिगका क्रममा उनीहरू स्पट फिक्सिङमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित