Skip to main content

Khabar Samachar

Search
Close this search box.

नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु

207
VIEWS

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी  छन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो । इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित