रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका(३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले नेपाल प्रेसलाई बताए ।
उनका अनुसार अहिले पनि पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको थियो ।
Discussion about this post