Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालेन शाहको फोटो भएको टिसर्ट लगाएका समर्थकहरु पक्राउ

205
VIEWS

इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ ।

बालेन शाहको फोटो भएको टिसर्ट लगाएकाहरूलाई सुरक्षाका लागि प्रहरी वृत्त जनसेवामा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए।

‘त्यहाँ विवाद हुन लागेपछि उनीहरूलाई जनसेवातिर लगिएको हो। बालेन सिटी लेखिएको कुरामा स्थानीयसँग विवाद भएको रहेछ,’ उनले भने।

बालेनको फोटोसहितको टिसर्ट लगाएका १० जनालाई जनसेवामा राखिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित