Skip to main content

Khabar Samachar

Search
Close this search box.

सुनिल पौडेलविरुद्ध अख्तियारको अर्को मुद्दा

204
VIEWS

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको हो।

पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित ५ जना र खरिदमा संलग्न कम्पनीले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन वर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ।

प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लिई दिई कसूरजन्य कार्य गरे गराएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार पौडेलसँगै केन्द्रका तत्कालिन निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनलन प्राली पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई पनि ५ करोड ७९ लाख बराबरकै जनही विगो दाबी सहित मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित