Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक छ – राष्ट्रिय मानव अधिकार आयोग

203
VIEWS

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ।

जेठ १५ गते नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ सुरू गर्न लागेको छ। उक्त कार्यक्रम लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सो दिन एमालेको कब्जामा काठमाडौं रहनुपर्ने अभिव्यक्ति दिएका थिए।

सोमबार आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका हुन्।

आइतबार प्रधानमन्त्री ओलीले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्ने बताएका थिए।

‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्छ। कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस्,’ उनले भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित