Khabar Samachar

Search
Close this search box.

सुनसरीको इनरुवामा घरभित्रै मृत भेटिए दम्पत्ति

201
VIEWS

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा दम्पती मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत भेटिएका हुन् । ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।

सवेताको शव भने ओछ्यानमा फेला परेको छ । उनका अनुसार सुकदेवकाे शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीकाे शव भने बेडमा सुतिरहेकाे अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित