पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेरमात्र चुनावमा जानु उपयुक्त हुने सुझाव दिएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशमा पूर्व राजाले राष्ट्रिय संकटको समाधान नगरी हुने चुनावले थप द्वन्द्व निम्त्याउने चेतावनी समेत दिएका छन् ।
सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको शाहको जिकिर छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको भन्दै उनले भने, ‘विगतमा अनेकौँ नाममा आन्दोलन र भए । संघर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।’































Discussion about this post