Skip to main content

Khabar Samachar

Search
Close this search box.

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

214
VIEWS

पारिवारसहित राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् ।

बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले केहीबेर केबलकार रोकिन पुगेको बताए ।

मैनालीले राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको बताए । उनले भने, ‘बुझ्नलाई प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्ली पाण्डे सा’बलाई पठाएको छु, उहाँ पुग्नु भएको छैन ।’



चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन । यसअघि पनि यस्ता घटना पटक पटक बाहिर आउने गरेका थियो । यस विषयमा चन्द्रागिरि केबलकारले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले व्यक्तिगत कामका शिलशिलामा चन्द्रागिरि गएको पुष्टि गरेपनि थप विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित