Khabar Samachar

भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित

215
VIEWS

भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् ।भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मूल्य कटाएकी थिइन् ।

उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको शपथ लिनेछिन् ।भाजपाले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित