Skip to main content

Khabar Samachar

Search
Close this search box.

भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित

215
VIEWS

भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् ।भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मूल्य कटाएकी थिइन् ।

उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको शपथ लिनेछिन् ।भाजपाले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित