Skip to main content

Khabar Samachar

Search
Close this search box.

एन्फाद्वारा प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी

211
VIEWS

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टोलीको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदीप हुमागाईंलाई प्रदान गरेको छ ।

अल्मुताइरीकाे विषयमा अनिर्णीत एन्फाले असोज ११ हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने नेपालका प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

आज एन्फा मुख्यालयमा बसेको बैठकले हुमागाईंलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि पहिलो बैठकले अल्मुताइरीको विषयमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको सुझावलाई प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिएको थियो ।

महासचिव किरण राईले त्यसअनुसार कतार फुटबल संघ र अल्मुताइरीलाई पत्र पठाएका छन् ।

अल्मुताइरी अहिले बिदामा छन् । तथापि अल्मुताइरीले आफू सम्झैता अवधिभर नेपालमा काम गर्न इच्छुक रहेको बताउँदै आएका छन् । उनले मंगलबार साँझ फिफा वा एएफसीमा जाने चेतावनी दिएका थिए ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित