Skip to main content

Khabar Samachar

Search
Close this search box.

महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै महानगर

211
VIEWS

काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ ।

महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए ।

भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौं, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।

केहि व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैले हटाएका छन भने केहिलाई महानगरले हटाउन दबाब दिइररहेको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरु, नक्सा विपरीत प्रयोग भएका वेसमेन्टहरु, मापदण्ड विपरीत होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित