Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपालगञ्जबाट काठमाडौं उडेको श्रीएयरको विमान चन्द्रगढीमा अवतरण

235
VIEWS

बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित