Khabar Samachar

वागमती सभ्यता जोगाउने कार्यमा नया आयाम थपीय : उपप्रधानमन्त्री लिङ्देन

200
VIEWS

उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले वागमती सभ्यता जोगाउने कार्यमा नया आयाम थपीएको वताउनु भएको छ । धाप ड्यामको समुदघाटन समारोहलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गर्नुभयो ।
उहाँले धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताउनुभयो । जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्त्वको कार्य प्रारम्भ गरिनु सुखद भएको बताउनुभयो ।
शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पु¥याउन निर्देशन दिनुभयो । धाप ड्यामको निर्माणबाट राजधानीबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको मन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा धाप ड्यामको निर्माण भएको हो । सुख्खा यामको समयमा समेत वागमतीमा जल प्रवाह वृद्धी गराउने उदेश्यले काठमान्डौंको सुन्दरीजलबाट १८ किमि टाढा चौवीस उचाईमा एकसय पचहत्तर मि लम्वाई रहेको उक्त ड्याम सुख्खा र मुख्य चाडपर्वको समयमा चार सय प्रति सेकेण्ड पानी प्रवाह गर्न सक्ने जनाईएको छ ।
अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता आयोजनाका अध्यक्ष उद्धब तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं(३ का सांसद सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख, दिपक कुमार रसिाल ,सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आर्नोड लगायतले ड्याम निर्माण, यसका चुनौती र अवसरका विविध पक्षबारे धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित