Skip to main content

Khabar Samachar

Search
Close this search box.

बंगलादेशमा सरकारले बन्द गरायो विपक्षी दलको पत्रिका

226
VIEWS

 

बंगलादेशको विपक्षी दलको पत्रिका सरकारले बन्द गराएको छ। विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीले (बीएनपी)ले तीन दशकयता बंगाली भाषाको दैनिक दिनकाल नामक पत्रिका चलाउँदै आएको छ।

 

सो पत्रिकामा सयौँ पत्रकार र प्रेस कर्मचारी काम गर्दै आएका छन्। सरकारलाई समर्थन गर्ने व्यवसायीहरुको नियन्त्रणमा रहेका अधिकांश पत्रिकाले बेवास्ता गरेका विषयलाई सो पत्रिकाले उठाउँदै आएको छ।

सो पत्रिकाका अनुसार डिसेम्बर २६ का दिन ढाका जिल्लाका अधिकारीहरुले पत्रिका बन्द गर्न आदेश दिएका थिए। तर, प्रेस काउन्सिलमा उजुरी दिएर पत्रिका प्रकाशन जारी राखिएको थियो।

‘आइतबार काउन्सिलले हाम्रो उजुरी खारेज गरिदियो र प्रकाशन बन्द गर्ने म्याजिस्ट्रेटको आदेशलाई कायम राख्यो,’ पत्रिकाका म्यानेजिङ एडिटर समसुर रहमान सिमुल विश्वासले भने।

पत्रिकाले प्रकाशन कानुन उल्लंघन गरेको भन्दै बन्द गर्न आदेश दिइएको थियो।काउन्सिलले पनि बीएनपीका कार्यकारी प्रमुख तथा पत्रिकाका प्रकाशक तारिक रहमान अपराधी ठहर भएर विदेश भागेको र उनले आफ्नो जिम्मेवारी दोस्रो व्यक्तिलाई हस्तान्तरण नगरेको बताउँदै सो निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित