Khabar Samachar

प्रधानमन्त्रीबाट धोका,देशमा नयाँ अस्थिरताको विजारोपण -नेकपा एमाले

205
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

‘राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ’, ज्ञवाली भन्छन् । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनी बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले नै गठवन्धनका सहयात्री दललाई धोका दिएको बताए ।

उनले भने, ‘उहाँको राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाउनुभयो । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’

अहिलेको राजनीतिक चक्रब्यूहको असर नेपाली राजनीतिमा दुरगामी पर्ने उनले बताए । सत्तारुढ गठबन्धनको भविष्य अनिश्चित बनेको समेत उनको भनाइ छ ।

‘कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा बितृष्ण जोगाउने कार्यलाई नै मद्दत पुग्छ’, ज्ञवाली भन्छन् । प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्य शक्तिको दबावका रुपमा समेत बुझ्नुपर्ने उनको तर्क छ ।

‘जस्तो भूराजनीतिक दबावबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ’, उनी भन्छन् ।

सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थितिबारे भोलि बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित