Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री पुष्पकमल दाहालद्वरा गोरखाको पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक शिलान्यास

207
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहालद्वरा गोरखाको पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक शिलान्यास गरेका छन ।

गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्।

२० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।

वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग शिलान्यास  गर्न गोरखा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित