Khabar Samachar

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं

205
VIEWS

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् ।

राप्रपा संसदीय दलको सचेतकसमेत रहेका शाहीले खेलले नेपाललाई विश्वमा चिनाएपनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको बताए।

राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका सुजल श्रेष्ठ अष्ट्रेृलिया पलायन भएको विषय उठाउँदै  शाहीले खेलाडीको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन्।

कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकूदका लागि छुट्याइएकाे र खेलाडीलाई सांसदका स्वकीय भन्दा कम तलब दिइएको बताउँदै सबै सांसदहरुका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब वृद्धी गर्न माग गरेका छन्।

‘हामी सबै सांसदहरुको स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीहरुको तलबमा बृद्धि गरियोस्,’ उनले भने, ‘रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित