Khabar Samachar

उपेन्द्रलाई चोर बाटोबाट संसद ल्याउन सरकारबाटै जालझेल भयो – सीके राउत

200
VIEWS

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा २ मा हुने निर्वाचनमा कसैलाई चोर बाटोबाट प्रवेश गर्न नदिने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २ मा आए पराजित गरेरै छाड्ने बताए ।

उनले उपेन्द्रलाई लक्षित गर्दै भने, ‘बारा २ मा हुने उपनिर्वाचन कुनै उम्मेदवारबीचको प्रतिस्पर्धामात्रै होइन । यो लोकतन्त्र कायम राख्ने र त्यसलाई मजाक बनाउनेबीचको प्रतिस्पर्धा हो । कसैलाई चोर बाटोबाट पसाउने कामको लागि जालझेल रचियो । बारा २ मा जबरजस्ती सीट खाली गर्न लगाइयो । जनताले दिएको जनमतको अपमान भयो । जनताले अपेक्षाका साथ मतदान गरेको छ ।’

सीट खाली हुनेबित्तिकै सरकारको मिलेमतोमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको बताए । उनले उपराष्ट्रपतिको निर्वाचनमा पनि धाँधली गरेर महिलाले पाइसकेको अधिकार खोस्न लगाएको बताए ।

नेता राउतले जसपा यादवलाई लक्षित गर्दै भने, ‘कसैलाई मन्त्री बन्न छट्पटाहट छ । उहाँले पार्टीमा म मन्त्री नभएसम्म तिमीहरु पनि पाउँदैनौं भन्ने खालको ध्येय छ । या त म हुन्छ नत्र कोही पनि हुँदैन । यस्ता नेताहरुको हत्या गर्ने, राजनीतिक कार्यकर्ताको हत्या गर्ने परिपाटी त्यहाँ छ । त्यो मन्त्री बन्न वैशाख १० मै निर्वाचन गराउन दबाब दिएर रोइकराा गरेका छन् ।’

बारा २ मा उपेन्द्र उम्मेदवार हुने चर्चा भएपछि उनले गठबन्धन र ठूला नेताहरुको नाममा त्यहाँका नेताहरुले सबै बलिदानी दिनुपर्ने भनेर प्रश्नसमेत गरे । उनले त्यहाँका जनताले विद्रोह गरेर स्थानीय उम्मेदवारलाई नै जिताएर पठाउने दाबी गरे ।

नेता राउतले थपे, ‘त्यस्तो ठूलो मतान्तरले पराजित भएको चार महिना भएको छैन । जनताले रिजेक्ट गरेको अवस्थामा जबरजस्ती फेरि उठाउन खोज्नु जनमतको अपमान हो ।’

उनले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहलाई जनमत पार्टीमा भित्र्याएर बारा २ को उम्मेदवारको रुपमा अगाडि सारिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित