Khabar Samachar

चितवन–२ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार

206
VIEWS

चितवन–२ मा सत्ता गठबन्धन उम्मेदवार तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बनाउने भएको छ । कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको छ। गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो । आगामी वैशाख १० गते चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश थियो ।१३ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । बिहीबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने ती पदाधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीको मुलधारकै मान्छेलाई दिनेमा सहमत भएका छौं । अस्तिको जस्तो उमेश श्रेष्ठ जस्तो बाहिरबाट उम्मेदवार नबनाउने सबैको समझदारी छ । अब पूर्व जिल्लासभापति जितनारायण श्रेष्ठ उम्मेदवार बन्नुहुन्छ ।’ औपचारिक निर्णय भने भोलि बस्ने कार्यसम्पादन समिति बैठकले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित