Khabar Samachar

कांग्रेसबाट उपनिर्वाचनमा गगन र विश्वप्रकाश खटिने

201
VIEWS

नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो ।

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ जाने छन् ।महामन्त्री थापासँग केन्द्रीय सदस्य उमेशजंग रायमाझी पनि तनहुँ जाने छन् । महामन्त्री थापाले गोविन्दराज जोशीलाई भट्टराई पक्षमा समर्थन गराउने प्रयास गरिरहेका छन् ।

यस्तै महामन्त्री शर्मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन चितवन जाने भएका छन्। शर्मासँग सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवनको उम्मेदवारी कार्यक्रममा सहभागी हुने छन् ।

तनहुँ–१ मा महामन्त्री थापा र चितवन २ मा शर्माले समन्वयको जिम्मा पाएका छन् । दुवै महामन्त्रीले मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

वैशाख १० गते तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदैछ। कांग्रेसले बारामा भने जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरिसकेको छ।

कांग्रेसले एकतावद्ध भएर चुनावमा खट्न नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेको छ। उपचुनाव हुने जिल्लामा अनुशासनका कारबाही गरिएकाहरू कांग्रेस नेता तथा कार्यकर्तामाथिको कारबाहीसमेत फुकुवा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित