Khabar Samachar

खेलकुदमन्त्री लिम्बूलाई डेंगु संक्रमण, वीर अस्पताल भर्ना

202
VIEWS

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ।

शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका थिए।

चेकजाँचमा उनमा डेंगु संक्रमण देखिएो मन्त्री लिम्बूका स्वकीय सचिव रोशन राईले जानकारी दिए।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए।

वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए।

उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित