Khabar Samachar

तनहुँ १ मा ९ जनाको उम्मेदवारी दर्ता

207
VIEWS

तनहुँ १ मा बैशाख १० गते हुने उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान १० देखि ५ बजेसम्म तोकिएको समयमा ९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।

नेपाली कांग्रेसबाट गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको समर्थन छ ।

नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अर्थविद् डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् । रास्वपाका वाग्लेलाई विवेकशील साझा पार्टीले समर्थन गर्ने बताएको छ ।

नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा विजयी कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित