Khabar Samachar

मधेस सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले दिए राजीनामा

201
VIEWS

मधेस सरकारबाट नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । मधेसमा २३ सांसदसहित सबैभन्दा ठूलो दल बनेको एमाले सरकारबाट बाहिरिएसँगै अब प्रतिपक्ष बनेको छ ।

भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी, महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलम साथै गृह तथा संचार राज्यमन्त्री केशव रायले मुख्यममन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिएको गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिए ।

यता, संघीय सरकारबाट बाहिरिएको जनमत पार्टीका मन्त्रीले भने तत्काल राजीनामा नदिने बताएका छन् । जनमतबाट कृषि राज्यमन्त्री बनेका सञ्जय यादवले अहिले प्रदेश सरकार तत्काल नछाड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित