Khabar Samachar

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने प्रस्तावमा एमाले असहमत

204
VIEWS

संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तापक्षको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।

संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न सत्तापक्षले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेको छ।

शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका नेताहरूको छलफल भएको थियो।

छलफलमा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले टिआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गरेका थिए।

तर, ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरेका छन्।

सभामुखसहित तीन शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते बिहान ९ बजे बैठक बसेर टुंग्याउने सहमति भएको बताए।

‘सभामुखजीले दुईजना साथीहरुलाई बोलाउनुभयो। खासगरी टिआरसी, संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भनेर छलफल भयो। सहमति जुटाउन सैद्धान्तिक रुपमा हामी सहमत नै छौं। तर टेक्निकल पाटो छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नियमावली पास भएको छ। यो सबैबारे यो क्षेत्रमा काम गरेका साथीहरुसमेत बसेर २८ गते बिहान बसेर टुंग्याउने भन्ने भएको छ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरुले फास्ट ट्र्याकबाटै टुंग्याउन ओलीलाई आग्रह गरेको पनि बताए।

‘हाम्रो कुरा फुल हाउसबाटै, फास्ट ट्याकबाटै गरौं भन्ने छ। प्रतिपक्षीले संसदीय समितिमा लैजाऔं भन्नुभएको छ। यसमा बीचको बाटो खोज्ने कि भन्ने भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए । शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित