Khabar Samachar

चुम्बनको कारण विवादमा फसेका दलाई लामाले माफी मागे

213
VIEWS

चुम्बनको कारण विवादमा फसेका दलाई लामाले अन्तत माफी मागेका छन । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् ।

सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन् । उनको यो व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

आलोचना बढेसँगै लामाले उक्त घटनाप्रति माफी मागेका छन् ।

‘हालैको भेटघाटको एक भिडिओ सार्वजनिक भएको छ । बालकले मलाई अंगालो दिन सक्नुहुन्छ भनी सोधेका थिए । म बालक, उनका परिवार साथै उनका साथीहरुसँग मैले निम्त्याएको चोटका लागि माफी माग्न चाहन्छु । मैले प्रायः सार्वजनिक रुपमै क्यामराको अगाडि नै निर्दोष मानिसहरुलाई जिस्काउने गर्छु । म यो घटनाप्रति माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित