Skip to main content

Khabar Samachar

Search
Close this search box.

चुम्बनको कारण विवादमा फसेका दलाई लामाले माफी मागे

226
VIEWS

चुम्बनको कारण विवादमा फसेका दलाई लामाले अन्तत माफी मागेका छन । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् ।

सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन् । उनको यो व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

आलोचना बढेसँगै लामाले उक्त घटनाप्रति माफी मागेका छन् ।

‘हालैको भेटघाटको एक भिडिओ सार्वजनिक भएको छ । बालकले मलाई अंगालो दिन सक्नुहुन्छ भनी सोधेका थिए । म बालक, उनका परिवार साथै उनका साथीहरुसँग मैले निम्त्याएको चोटका लागि माफी माग्न चाहन्छु । मैले प्रायः सार्वजनिक रुपमै क्यामराको अगाडि नै निर्दोष मानिसहरुलाई जिस्काउने गर्छु । म यो घटनाप्रति माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित