Khabar Samachar

Search
Close this search box.

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा मागे माफी

200
VIEWS

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन्।

‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत् भएको घटनाका कारण तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने।

परियारले उक्त घटनाले रास्वपा कत्ति पनि विचलित नभएको बताए।

अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानबिन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए।

सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको  र अडियोबारे सांसद ढाकाकुमारलाई २४ घन्टे स्पष्टीकरण सोधिएको जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित