Khabar Samachar

Search
Close this search box.

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

204
VIEWS

 

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य विजयी भएका छन्। १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेका छन्। स्वर्णिमले यहाँ सुरुवातदेखि नै अग्रता लिएका थिए।

वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको औपचारिक घोषणा गरेका थिए। सोही दिन उनलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित