Khabar Samachar

आफूले पाएको मत देशकै मुहार फेर्नका लागी – स्वर्णिम वाग्ले

201
VIEWS

तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका स्वर्णिम वाग्लेले आफूले पाएको मत देशकै मुहार फेर्नका लागि भएको बताएका छन्।

विजयी भएको प्रमाणपत्र बुझेपछि मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै वाग्लेले आफू र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गरेको विश्वासका लागि धन्यवाद दिएका छन्।

‘यहाँहरूले  प्रति प्रकट गर्नुभएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु,’ उनले लेखेका छन्,‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको होभन्ने आसयका साथ मैले बुझेको छु।’

उनले अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जित-हारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गरेका छन्।

‘चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरी यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रियामार्फत् योजनाहरू अघि बढाउने छु,’ वाग्लेले लेखेका छन्।

वाग्ले आज तनहुँ-१ मा हुने विभिन्न धन्यवाद र्‍यालीमा सहभागी हुने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित