अभिनेता पल शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको खानेपानी अभियानलाई सहयोग गरेका छन्।
इटहरीमा आयोजित नेपाली परम्परागत खानेपानी महोत्सवमा सहभागी हुन पुगेका शाहले धरानका मेयर साम्पाङलाई भेटेर औजार सहयोग गरेका हुन्।
शाहले धरानका मेयर साम्पाङलाई भेट्दै गैँती र बेल्चाजस्ता औजार कोसेलीस्वरुप दिएका हुन्।
इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही रकमबाट शाहले औजार किनेर साम्पाङलाई हस्तान्तरण गरेका हुन्।
Discussion about this post