काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा एक साताअघि भएको हत्याकान्डमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले झापाको मेचिनगरका ३६ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरेको हो ।उनी राजधानीकै एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको बताइएको छ । आफु डिप्रेसनमा रहेको प्रारम्भिक अनुसन्धानमा बताएका छन् ।
अभियुक्त विक काठमाडौँमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरी उच्च स्रोतको भनाइ छ।
कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको यही वैशाख ७ गते दिउँसै पसलमै हत्या भएको थियो। उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो।
Discussion about this post