Khabar Samachar

रास्वपा केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक सुरु

201
VIEWS

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक केहीबेरअघि सुरु भएको हो।

सरकालाई दिएको समर्थन फिर्ता लिने वा सरकारमै सहभागी हुनेबारेको निर्णय लिन संयुक्त बैठक बसेको हो।

यसअघि गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो।

गत मंसिरको चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको हो।

तर उसले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित