Khabar Samachar

संवैधानिक परिषदको बैठक बोलाइयो

206
VIEWS

संवैधानिक परिषद्को बैठक बोलाइएको छ। सोमबार (भोलि) साँझ ६ बजेका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरी परिषद्को बैठक बोलाइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो ।

यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।

संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ ।

सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि वैशाख पहिलो साता बसेको बैठक निष्कर्षविहीन बनेको थियो । थप छलफल गर्ने भन्दै नेताहरू उठेका थिए ।

ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित