Khabar Samachar

सांसदमा ई–हाजिरीको व्यवस्थाबारे छलफल

204
VIEWS

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ रहेको बताएका छन्।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा इ-हाजिरी सुरू गर्नेबारे छलफल भएको छ।

छलफलका क्रममा सभामुख घिमिरेले राष्ट्रिय सभामा भएको इ-हाजिरी प्रतिनिधि सभामा पनि लागू गर्नुपर्ने बताएका हुन्।

उनले भने- संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ। सांसद तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ छ। दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद सचिवालयलाई इ-हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।

सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम ३ दिनभित्र बुझाउन पनि दलहरूलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित