Khabar Samachar

ओलीको प्रश्न– को हुन् पुष्पकमल दाहाल ? मलाई बोलाएर भेट्ने निस्किएपछि छाड्दिन भन्ने ?

205
VIEWS

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री पुष्पकमल दाहालको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोडदिन’ भन्ने अभिव्यक्ति दिएको जिकीर गर्दै त्यसलाई सफल हुन नदिइने चेतावनी समेत दिए ।

संघीय संसद् भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले कसले छोडन दबाब दिएको हो ? प्रष्ट पार्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।

आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रष्टयाउँदै ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षडयन्त्र नगर्न पनि सचेत गराए ।

प्रधानमन्त्री दाहालले शनिबार (हिजो) ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछोडने अभिव्यक्ति दिएका थिए । त्यसप्रति ओलीको आपत्ति छ । आफूलाई भेट्न बोलाएर आफँैलाई दोषी देखाउनेगरी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति आफूलाई सैह्य नहुने ओलीको भनाई थियो ।

उनले भने, “यसभित्र कुन–कुन तत्व प्रवेश गरेको छ ? खोजी गरोस् न सरकारले । त्यसको छानबिन गरेर नतिजा निकाल्ने होइन । हिउँदको महिनामा मलाई बाटोमा पु¥याएर माइतीघर मण्डलामा बसाएर यिनी त्यहाँ चिसोमा बस्न पुगेँ भनेर मजाक उडाउनेहरुलाई चखाउँछु भनेर हिजो भने । पुष्पकमल दाहालजी के बोलेको त्यो ? छानबिन गरौं न पुष्पकमल दाहाल । कसलाई धम्क्याएको ? टेलर हो भनेर । सार्वजनिक गरिन्छ भनेर । म माननीयजीहरुलाई भन्न चाहन्छु–पुष्पकमल दाहाल, चोरले उल्टै हप्क्याई दप्क्याई गर्छ भन्ने हिन्दी भनाई छ । छानबिन गर्न छोडेर मलाई चाहिँ चिसो भुईँमा बस्न पठाउने भनेर भन्ने । हामीले पठाएको हो ? उनी आफैं गएका होइनन् ? चिसो भूईँमा बस्यो भनेर मेरो खिल्ली उडाउनेहरुलाई देखाईदिन्छु । यसको छानबिन गर्नुपर्छ कि देखाई दिन्छु भन्ने ? के देखाई दिन्छु भन्या ? म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु चुनौतिका साथ देखाउनुस्, के देखाउनु हुन्छ देखाउनुस् । कोही दोषी छन् । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा नेकपा एमाले किन्चित तलमाथि गर्दैन । दृढ छ कारबाही हुनुपर्छ भन्ने कुरामा । जो निर्दोष छ । उसलाई फसाउन खोजियो भने, हामीलाईं ३२ सिटे भन्ने ? देखाउँछु भनेको के ? सरकारले काम गर्ने हो । अनि फाईफूर्ति गर्ने हो ? यो छानबिन गर्ने प्रचण्डको कुनै पुरुषार्थ हो । यो त भदौ २२ गते हामीले आवाज उठाएको हो । ”

उनले प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रियसभामा आफूहरुले नै आवाज उठाएपछि यो कारबाही अघि बढेको बताए ।

“हामीले भदौदेखि आवाज उठाएको नसुनेर त्यतिखेर देखिनै छानबिन गर्नु पर्दैन थियो । ? अनि आफैंले के के गर्न खोजेजस्तो । कसैलाई छोडदिन । पुष्पकमल दाहालले छोडने हो उनीहरुलाई । उनको खुसीको कुरा हो छाडने र नछोडने ? दोषी भए मै छोडिन्न कानुनले छोडदैन । को हुन् पुष्पकमल दाहाल, कसैलाई छोडदिन भन्ने ? के भनेको त्यो ? म झुक्दिन, दबाबमा पर्दिन । कसले दवाव दियो ? मलाई बोलाएर भेटने, विभिन्न विषयमा कुरा गर्ने । अनि म निस्किएपछि कसैको दबाबमा पर्दिन भनेर किन फुई लगाएको ? म प्रचण्डजीलाई भन्न चाहन्छु–पछि हटनुस् कसले भन्यो, झुक्नुस कसले भन्यो, दबाबमा पर्नुस् कसले भन्यो, कसले दबाब दियो । ? मैले उहाँलाई कसैलाई बचाई दिनुस, छानबिन नगरिदिनुस, कसैलाई छोडिदिनुस् भने ? मैले त भनेको छु–कडाईका साथ छानबिन गर्नुस्, कारबाही गर्नुस् । तर जसरी एमालेको बारेमा क्याम्पियन चलाउन खोजिएको छ । एमालेलाई अनुचित ढंगले घचेटन खोजिँदैछ । व्यक्ति दोषी होला कोही । म जान्दिन । छ, छैन पछि तथ्यहरुले बताउँला । तर एमालेलाई जसरी घचेटन खोजिएको छ । त्यो दुष्प्रयास कसैले पनि नगरे हुन्छ ।”
अध्यक्ष ओलीले सो प्रकरणमा एमालेलाई फसाउने प्रयास नगर्न पनि चुनौती दिए ।

उनले वर्तमान सरकारजस्तो प्रतिपक्षी विरोधी सरकार आफूले ५८ वर्षको आफ्नो राजनीतिक जीवनमा कहिल्यै नदेखेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित