Khabar Samachar

‘शुभद्रा मदन फाउन्डेसन’ का संचालक मदन राई पक्राउ

216
VIEWS

‘शुभद्रा मदन फाउन्डेसन’ का संचालक मदन राई पक्राउ परेका छन ।

‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई ‘शुभद्रा-मदन फाउन्डेसन’ बाटै पक्राउ गरेको स्रोतले बतायो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।

‘उहाँलाई फाउन्डेसनबाटै पक्राउ गरिएको हो। थप अनुसन्धान हुँदैछ,’ उनले भने, ‘लिखित र मौखिक उजुरी आएका छन्।’

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित