Skip to main content

Khabar Samachar

Search
Close this search box.

आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपतिले अवलोकन गर्ने

204
VIEWS

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।

जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे सो भोटो देखाईने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।

आज गृह मन्त्रालयले  काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा समेत दिएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित