Khabar Samachar

Search
Close this search box.

प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

206
VIEWS

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।

बैठक निर्धारित समयभन्दा झन्डै साढे १ घन्टा ढिला सुरू भएको थियो‍। सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे।

‘सदन सुचारु हुनुपर्छ। हामी पनि त्यही चाहन्छौँ। यति गम्भीर किसिमको आरोप लगाइएको छ। पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यसबारे छानबिन हुनुपर्छ। देशको मुख्य चुनौती भ्रष्टाचार हो। जुनसुकै पक्षको मनोबल गिराउनु छ। सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन्। बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षबाट बिनाआधारका एकपछि अर्को आरोप आउने काम भएको भन्दै आपत्ति जनाएका थिए।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजीसमेत गरेका छन्।

नाराबाजीपछि सभामुख घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित